सातौँ राष्ट्पति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को उपाधि हिलेपानी सं.माविलाई
कालिन्चोक गाउँपालिका विद्यालयस्तरीय सातौँ राष्ट्पति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को उपाधि श्री हिलेपानी संस्कृत माध्यमिक विद्यालयले हात पारेको छ । यस अघिको छैटौँ रनिङ शिल्डसम्मको उपाधि कालिन्चोक गाउँपालिकाको कालिनाग मावि सिङ्गटीले जितेको सन्दर्भमा २०८२ को खेलमा चाहिँ श्री हिलेपानी संस्कृत माविले जित हाँसिल गरेको हो । रनिङ शिल्ड विद्यालयमा राख्न आगामी वर्षहरुमा लगातार थप दुई पटक जित्नुपर्ने चुनौति हिलेपानीलाई रहेको छ । कालिन्चोक गाउँपालिकाको आयोजना र लापिलाङ मावि लापिलाङको व्यवसेथापनमा सञ्चालित उक्त रनि शिल्ड प्रतियोगितामा छ स्वर्ण, ५ रजत र १ कास्य सहित जम्मा १२ पदक सहित हिलेपानी संस्कृत माविले जीत हाँसिल गरेको हो । उद्घाटन कार्यक्रमको दिन सम्पन्न मार्च पासमा समेत हिलेपानी संस्कृत मावि प्रथम भएर रु पाँच हजार पुरस्कार प्राप्त गरेको थियो ।
जम्मा १२ पदक मध्ये लङ्जम्प छात्र र २०० मिटर छात्र दौड तर्फ कमल थामीले स्वर्ण पदक, ३००० हजार र ८०० मिटर छात्र दौड तर्फ सुरज थापाले स्वर्णपदक प्राप्त गरेका थिए । त्यसैगरी सुरज थापाले छात्र हाइजम्प तर्फ पनि कास्य पदक प्राप्त गरेका थिए । छात्र रिले दौडको ४*१०० र ४*४०० तर्फ सुरज थापा, मणिकुमार थामी, युमन थामी र कमल थामीले स्वर्ण पदक प्राप्त गरेका हुन् । त्यसै गरी छात्रा दौड ३००० मिटर तर्फ कला थापाले रजत प्राप्त गरेका थिए । छात्रा रिले ४*४०० तर्फ कला थापा, प्रमिला तामाङ, अप्सरा कार्की, कोपिला बस्नेतको समूहले रजत पदक प्राप्त गरेका थिए । त्यसैगरी छात्रा दौड ८०० मिटर तर्फ मन्जु श्रेष्ठले रजत पदक प्राप्त गरेका थिए भने कोपिला बस्नेतले छात्रा १०० मिटर दौड तर्फ रजत पदक प्राप्त गरेका थिए ।
यही पौष २५ देखि २७ गतेसम्म सञ्चालित लापिलाङ र लामिडाँडाका विभिन्न खेलमैदानमा सञ्चालित खेलमा ६ स्वर्ण, २ कास्य र १ रजत सहित जल्पाश्वरी मावि द्वितिय र ५ स्वर्ण, ५ रजत र ७ कास्य सहित लापिलाङ माविले तृतीय स्थान प्राप्त गरेको छ । कालिन्चोक गाउँपालिकाको १२ ओटा माध्यमिक विद्यालयहरु सहभागि भएको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बागमति प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा २५ गते भएको थियो भने समापन २७ गते भएको थियो ।